विराट कोहली तथा अनुष्का शर्माले केही महिनाअघि भव्य रूपमा विवाह गरेका थिए । लामो समयदेखिको प्रेम सम्बन्धका कारण चर्चामा रहेको यो जोडी विवाहपछि पनि चर्चामा छ । कारण हो, विराट भारतीय क्रिकेट टिमका क्याप्टेन हुन् अनि अनुष्का बलिउडकी लोकप्रिय अभिनेत्री ।
यी दुईबीचका हरेक कुरा मिडियाका लागि राम्रै मसला हुने गरेको छ । अहिले फेरि एउटा कुरा सनसनीका रूपमा फैलिएको छ । विराटले हालै आफूहरूले चाँडै सन्तान जन्माउन चाहेको बताएका छन् । विराटले भनेका छन्– परिवार मेरा लागि निकै महत्वपूर्ण पाटो हो, आफ्नो परिवारको चिन्ता अरू कुराभन्दा धेरै माथि छ ।
विराटले दिएको यो संकेत बुझ्न खासै कठिन छैन । यद्यपि अनुष्काले भने यो विषयमा केही बोलेकी छैनन् । जानकारहरूअनुसार अनुष्का पनि सन्तान जन्माउने पक्षमा छिन् । विराटको यो संकेत कहिले पुष्टि हुने हो त्यो भने हेर्न बाँकी नै छ ।