साप्ताहिक संवाददाता
जेष्ठ २८, २०७५
बेला बेलामा हुने खण्ड बर्षाले शनिवार ललितपुरको सानेपामा आयोजना भएको मनसुन फेसन परेडलाई साथ दियो । पुल डान्स पार्टी र बर्षामा लगाउन मिल्ने ड्रेसको फेसन परेड हुदाँ प्राकृति बर्षा भएपछि आयोजकलाई खुशि नहुने कुरै भएन ।
सानेपा स्थित इन्टरनेशनल क्लवमा आयोजना भएको मनसुन फेसन परेड भन्दा अगाडी डिजे शिशिर र निरजले पार्टी लभरहरुलाई स्विमिङ पुलमा नचाउन सफल भए । बेला बेलामा हुने बर्षाले पुलमा डान्स गर्नेहरुलाई थप उत्साह थपेको थियो । अझ र्यापर गिरिश खतिवडाले आफ्ना केही लोकप्रिय गितहरु गाएपछि पार्टीको माहौल नै अलग भएको थियो ।
ईभेन्ट बेटर ग्यालेक्सिले आयोजना गरेको यो कार्यक्रममा फेसन डिजाइनर रितिका शाक्यले तयार पारेका प्लाष्टिकका डिजाइनहरुलाई मोडलहरुले कृत्रिम बर्षामा भिज्दै प्रस्तुत गरेका थिए ।