जेष्ठ २९, २०७५
बलिउड अभिनेत्री प्रियंका चोपडा आकर्षक फिगर तथा अभिनयका कारण लोकप्रिय छिन । उनका हरेक गतिविधि मिडियामा राम्रै गसिप बन्छन् । यतिवेला प्रियंकासम्बन्धी एउटा खबरले चर्चा पाएको छ- प्रियंका गुपचुप डेटमा रमाइरहेकी छिन् ।
अचम्म त के भने केही हप्ताअघि मात्र प्रियंकाले एक अन्तर्वार्तामा भनेकी थिईन्– फिलिङ्स बुझ्ने युवक पाइयो भने विवाह गर्न तयार छु, तर अहिलेसम्म त्यस्तो पुरुष फेला पारेकी छैन । मिडियामा आफ्नो ब्वाइफ्रेन्डलाई लुकाउँदै आएकी प्रियंका र उनका प्रेमी अमेरिकाको लसएन्जलसमा डिनर डेटमा रमाइरहेको तस्बिर बाहिरिएको छ ।
बुझिएअनुसार प्रियंका केही समयदेखि आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग डेटमा रमाइरहेकी छिन् । प्रियंका र निकको भेट २०१७ मा भएको थियो । बताइएअनुसार उनीहरू उक्त भेटसँगै बलियो सम्बन्धमा छन् ।