साप्ताहिक संवाददाता
मलाई सबैभन्दा मन पर्ने खेल फुटबल नै हो । त्यसमा पनि फुटबल हेर्न थालेदेखि अहिलेसम्म ब्राजिलको समर्थन गर्दै आएको छु ।
रामजी खाँड, लोकगायक
मैले कक्षा ४ मा अध्ययन गर्दादेखि नै विश्वकप हेर्न थालेकी हुँ । सानो छँदा आफूभन्दा ठूला दाइहरूको लहैलहैमा लागेर ब्राजिलको समर्थक भएकी थिएँ, पछि खेल हेर्दै जाँदा त्यो टिमको बाउन्डिङ मन पर्न थाल्यो ।
अशिष्मा नकर्मी, अभिनेत्री
म अर्जेन्टिनालाई समर्थन गर्छु । त्यसमा पनि विशेष गरी मेसीलाई ।
पुष्प खड्का, अभिनेता
मलाई ब्राजिलको खेल एकदमै मन पर्छ । विश्वकप हेर्न थालेदेखि नै ब्राजिलको समर्थक रहँदै आएको छु ।
धीरज राई, गायक
मैले सन् १९९० देखि नै विश्वकप हेर्न थालेको हुँ, त्यो बेलादेखि नै अर्जेन्टिनाको समर्थन गर्दै आएको छु ।
स्वरूपराज आचार्य, गायक
विश्वकपको बेला यसले जित्छ उसले जित्छ भनेर ग्रुपमा बाजी लगाइन्थ्यो । यत्तिकैमा म मेसीको फ्यान भएँ । म कहिलेदेखि मेसीको फ्यान भएँ थाहा छैन, यद्यपि म मेसीकै अर्जेन्टिनालाई समर्थन गर्छु ।
राधिका हमाल, गायिका
युवावस्थामा प्रवेश गर्दाको समयमा म्याराडोनाको क्रेजका कारण अर्जेन्टिनालाई सपोर्ट गर्थें । अर्जेन्टिनाबाहेक अरू टिमलाई सपोर्ट नै गरिनँ ।
हेमन्त शर्मा, गायक
म सुरु–सुरुमा चाहिँ ब्राजिलको फ्यान थिएँँ, तर अहिले जर्मनीलाई समर्थन गर्छु ।
दिलीप रायामाझी, अभिनेता
जुन बेलादेखि मैले फुटबलको विश्वकप हेर्न थालेँ, त्यही बेलादेखि अर्जेन्टिनालाई समर्थन गर्दै आएको छु ।
बाबु बोगटी,
गायक तथा अभिनेता
मैले सन् १९९० देखि नै ब्राजिललाई समर्थन गर्दै आएको छु ।
अनिलकेशरी शाह, बैंकर्स
म अहिले सबैलाई समर्थन गर्छु, खेल हेर्दै जाँदा जुन देशले राम्रो खेल्छ त्यसैलाई समर्थन गर्नेछु ।
कुञ्जना घिमिरे, हास्यकलाकार
मेसीले देशका लागि जितेको हेर्न मन छ । हुन त म सन् १९९४ देखि ब्राजिलको सपोर्टर हुँ । तैपनि मेसीले एउटा विश्वकप जिते हुन्थ्यो भन्ने लागेको छ, यद्यपि उनको यात्रा सहज भने छैन ।
प्रमोद खरेल, गायक
योभन्दा अघिल्लो विश्वकपमा मैले मेसीको खेल हेरेको थिएँ, त्यसैले यसपालि म मेसीकै टिमको समर्थन गर्छु ।
रमिला न्यौपाने, गायिका
म ब्राजिललाई समर्थन गर्छु ।
सुदर्शन थापा, निर्माता/निर्देशक
मैले धेरै पहिलेदेखि अर्जेन्टिनालाई समर्थन गर्दै आएको छु । यसपालि पनि त्यही हो ।
रमेश उप्रेती, अभिनेता
मलाई रोनाल्डो मन पर्छन् । टिममा इङ्ल्यान्डले जिते हुन्थ्यो जस्तो लाग्छ । अहिलेको विश्वकप टिममा फ्रान्स सबैभन्दा राम्रो छ, तर विश्वकपचाहिँ जर्मनीले जित्न सक्छ । त्यसैले एउटालाई मात्र समर्थन गर्न गाह्रो पर्यो ।
बद्री पंगेनी, गायक
म ब्राजिललाई समर्थन गर्छु, किनभने तुलनात्मक रूपमा ब्राजिलको टिमले फेयर खेल्छ । जतिबेला रोनाल्डो ब्राजिलका तर्फबाट खेल्थे, उनलाई विपक्षीले लडाउँदा पनि हाँस्थेँ मात्र ।
लेखनाथ न्यौपाने, राजनीतिकर्मी
म बच्चैदेखि म्याराडोना र अहिले मेसीको फ्यान हुँ । त्यसैले यसपालिको विश्वकपमा अर्जेन्टिनालाई समर्थन गर्छु ।
गौरव पहारी, अभिनेता
मैले पहिलेदेखि नै जर्मनीलाई समर्थन गर्दै आएको छु । त्यसैले यसपालि पनि जर्मनीको पक्षमा छु ।
विक्रान्त मेहता,
चिकित्सक तथा गायक
म सधैँ अजेन्टिनालाई समर्थन गर्छु ।
केकी अधिकारी, अभिनेत्री
अर्जेन्टिनालाई समर्थन गर्छु । जबदेखि मैले म्याराडोनाको खेल हेर्न थालें, त्यतिबेलादेखि नै म अर्जेन्टिनाको समर्थक भएँ ।
ऋषि लामिछाने, निर्देशक