साप्ताहिक संवाददाता
असार १, २०७५
निर्देशक : ब्रान्ड विर्ड कलाकार : क्राइग टी नेल्सन, होली हन्टर, सराह भोवेल, हंक मिल्नर, समुइल एल ज्याक्सन आदि । संगीत : माइकल जियाचिनो
विश्वका सयौं सिनेघरमा हलिउड चलचित्र इन्क्रेडिबल्स–२ प्रदर्शनमा आउँदैछ । यो चलचित्र अमेरिकन थ्रीडी कम्प्युटर एनिमेटेड सुपरहिरो चलचित्र हो ।
एक व्यक्ति नयाँ दुस्मनसँग लड्न सामान्य जनतालाई बदल्ने क्रममा एक परिवारलाई पछ्याउँछ । यो चलचित्र त्यही दुस्मन र सामान्य परिवारबीचको संघर्षमा आधारित छ । १ घण्टा १८ मिनेट लामो चलचित्र इन्क्रोडिबल्स–२ को कथा अनुभवी लेखक ब्रान्ड बिर्डले लेखेका हुन् ।
कलाकारहरूको जीवन्त अभिनयसँगै दरो कथाका कारण यो चलचित्र बहुप्रतीक्षित छ । जोहन वाल्कर, निकोल पराडिस, ग्रिन्डल आदिको लगानीमा तयार भएको यो चलचित्रलाई स्टेफन स्चाफरले सम्पादन गरेका हुन् ।