साप्ताहिक संवाददाता
असार ५, २०७५
“चोट केहो ब्यथा के हो म जस्तो घाईतेलाई सोध” जस्ता मर्मस्पर्सी र कालजयी गीतका गायक स्व. अरुण थापाको सम्झनामा अरुण स्मृति साँझको पाँचौँ शृखला सम्पन्न भएको छ ।
हङ्कङ स्थित युङलोङ थिएटरमा सम्पन्न स्मृति साँझमा लोकपप गायीका तारा श्रीसमगर, लोक गायक नविन रानामगर, गंगा पुनमगर, डान्सर शेखर घर्तिमगर, रविता मगर, हास्यकलाकार उमेश राई (फुलेन्देको आमा), मौसम ईम्बुङ् लिम्बु (फुलेन्देको बुवा), संयुक्ता डान्स स्टुडियो लगायतको प्रस्तुती रहेको थियो ।
मगर संघ हङ्कङको आयोजनामा सम्पन्न स्मृति साँझको यो पाँचौँ श्रृखला हो ।