साप्ताहिक संवाददाता
यसपटक विश्वकप फुटबल प्रत्यक्ष हेर्न चाहनेहरू धेरै नै देखिए । फिफाले आफ्नो वेबसाइटमार्फत रसिया विश्वकपको टिकटलाई अनलाइन बुकिङमा राख्न खोज्दा नै १५ लाख व्यक्तिले टिकटका लागि आवेदन दिएका थिए ।
फिफाले एकै पटक टिकट बिक्री नगर्ने नीतिअनुसार पहिलो चरणको टिकट बिक्री गत अक्टुबर महिनामा गरेको थियो । सेप्टेम्बरदेखि अक्टुबर १२ तारिखसम्ममा भएको बिक्रीका लागि फिफाले र्याण्डम रूपमा खरिदकर्ता छनौट गरेको थियो भने नोभेम्बर महिनामा गरिएको बिक्रीमा पहिले आउनेलाई प्राथमिकतामा राखिएको थियो । दोस्रो चरणमा पनि फिफाले गत जनवरी महिनामा दुई चरणमा टिकट बिक्री गरेको थियो । फिफाले अन्तिम समयमा पनि टिकटको माग हुने भएका कारण गत अप्रिल महिनादेखि जुलाई १५ तारिखसम्म लास्ट मिनेट सेल्सका रूपमा टिकट बिक्रीका लागि राखेको छ ।
अन्तिम समयमा बिक्री गरिने टिकट टिमका समर्थकहरूप्रति लक्षित छ । समर्थकहरूलाई भनेर ल्याइएको २४ लाख टिकटमध्ये सबैभन्दा बढी टिकट रसियनले खरिद गरेका छन् । फिफाका अनुसार रसियनले ८ लाख ७१ हजार ७ सय ९७, फाइनलमा छनौट नभए पनि अमेरिकीले ८८ हजार ८ सय २५, ब्राजिलियनले ७२ हजार ५ सय १२, कोलम्बियनले ६५ हजार २ सय ३४, जर्मनले ६२ हजार ५ सय ४१, मेक्सिकनले ६० हजार ३ सय २, अर्जेन्टेनियनले ५४ हजार ३१, पेरुभियनले ४३ हजार ५ सय ८३, चाइनिजले ४० हजार २ सय ५१, अस्ट्रेलियनले ३६ हजार ३ सय ६२ तथा ब्रिटिसले ३२ हजार ३ सय ६२ टिकट बुकिङ गरेका छन् । फुटबलका फ्यानहरू प्रचुर रहेको बेलायतबाट रसिया नजिक भएकाले पनि ब्रिटिस समर्थकले यसपटक विश्वकप हेर्न रूस जाने सोच बनाएनन् । उनीहरूले रसियन हुल्याहाहरूको सम्भावित आक्रमणको डरले समेत टिकट खरिद नगरेको बताइन्छ ।
रसिया विश्वकपमा सर्वाधिक सस्तो टिकट भनेकै लिग चरणका खेलको पनि क्याटोगरी ३ मा बसेर हेर्ने दर्शकले तिर्नुपर्नेछ । यो क्याटोगरीको टिकट मूल्य १ सय ५ डलर अर्थात् ११ हजार २ सय ३५ रुपैयाँ पर्छ भने सर्वाधिक महँगो टिकट विश्वकप फाइनलको क्याटोगरी १ मा बसेर हेर्दा तिर्नुपर्ने हुन्छ । फाइनलमा क्याटोगरी १ मा बसेर फुटबल हेर्दा दर्शकले १ हजार १ सय डलर अर्थात् १ लाख १७ हजार ७ सय रुपैयाँ तिर्नुपर्नेछ ।
नेपाली रूपैयाँमा
टिकटको मूल्य
उद्घाटन खेल
क्याटोगरी १ ५८ हजार ८ सय ५० रुपैयाँ
क्याटोगरी २ ४१ हजार ७ सय ३० रुपैयाँ
क्याटोगरी ३ २३ हजार ५ सय ४० रुपैयाँ
लिगचरण
क्याटोगरी १ २२ हजार ४ सय ७० रुपैयाँ
क्याटोगरी २ १७ हजार ६ सय ५५ रुपैयाँ
क्याटोगरी ३ ११ हजार २ सय ३५ रुपैयाँ
प्रिक्वाटर फाइनल
क्याटोगरी १ २६ हजार २ सय १५ रुपैयाँ
क्याटोगरी २ १९ हजार ७ सय ९५ रुपैयाँ
क्याटोगरी ३ १२ हजार ३ सय ५ रुपैयाँ
क्वाटर फाइनल
क्याटोगरी १ ३९ हजार ५५ रुपैयाँ
क्याटोगरी २ २४ हजार ७५ रुपैयाँ
क्याटोगरी ३ १८ हजार ७ सय २५ रुपैयाँ
सेमिफाइनल
क्याटोगरी १ ८० हजार २ सय ५० रुपैयाँ
क्याटोगरी २ ५१ हजार ३ सय ६० रुपैयाँ
क्याटोगरी ३ ३० हजार ४ सय ९५ रुपैयाँ
तेस्रो स्थानको खेल
क्याटोगरी १ ३९ हजार ५५ रुपैयाँ
क्याटोगरी २ २७ हजार २ सय ८५ रुपैयाँ
क्याटोगरी ३ १८ हजार ७ सय २५ रुपैयाँ
फाइनल
क्याटोगरी १ १ लाख १७ हजार ७ सय रुपैयाँ
क्याटोगरी २ ७५ हजार ९ सय ७० रुपैयाँ
क्याटोगरी ३ ४८ हजार ६ सय ८५ रुपैयाँ