असार ६, २०७५
हङ्कङ शहर देख्न जति रंगिन र चहक छ, त्यति नै यहाँका कथा र वेदना अध्यारा र ब्लाकेनह्वाईट छन् । प्रेम, सेक्स र सम्बन्धमा उदार हङ्कङ शहरका युवाहरुको कथा बोल्ने लघु चलचित्र ‘वाउण्डलेस लभ’ सार्वजनिक भएको छ ।
विदेशी भूमिमा काम गर्नुपर्ने बाध्यता अनि समयको साँघुरो परिधीमा मौलाएका सम्बन्ध र त्यसले निम्त्याएको कहालिलाग्दो परिरिस्थती नै ‘वाउण्डलेस लभ’को थिम हो ।
युवि चाम्सको निर्देशन र ज्याप स्टुडियोको निर्माणमा तयार लघु चलचित्रमा मोडल मनिष लिम्बु, मिस हङ्कङ नेपाल सुस्मा लिम्बु, सुभाष थापा, लक्ष्मी गुरुङ, मौसम लिम्बु, भूमा सुब्बा लगायतका कलाकारले अभिनय गरेका छन् ।
ईभेन्ट, मोडलिङ् र अभिनयमा उदाएका मनिष चलचित्रमा समावेश कथालाई न्याय गर्नका लागि भरपूर मेहनत गरेको बताउँछन् ।
वाउण्डलेस लभ :