साप्ताहिक संवाददाता
असार ८, २०७५
फिसटेल मुभिजले आज शुक्रबार काठमाडौंमा फेसन शोसहितको मनोरञ्जक कार्यक्रम प्रस्तुत गर्दैछ । अभिनेता शिव श्रेष्ठद्वारा निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ का कलाकारहरूको सहभागिता रहने यो फेसन शो तथा सांगीतिक कार्यक्रमलाई ट्रि मिडियाले आयोजना गर्न लागेको हो । फेसन शोमा जर्दोजी बुटिकले तयार पारेका पहिरनहरू प्रदर्शन गरिनेछ ।
विशेष आकर्षण : विश्व नेपाली, अस्मिता परियार, प्रिजल नेपाली, विमल तामाङ, पुस्कर राई, एनके सम्राट, राहुल नेपाली, रिसु नेपाली आदि गायक–गायिकाहरूको प्रस्तुति ।
मिति : असार ८ गते शुक्रबार समय : साँझ ६ बजेपछि
स्थान : ब्लुस्टार इभेन्ट्स, ब्लुबर्ड मल, थापाथली
प्रवेश शुल्क : १ हजार रुपैयाँ (खाजासहित)