साप्ताहिक संवाददाता
सपना हुनु भनेकै जीवित हुनु हो (युवा मन : सपनालाई पछ्याउँदा) । जीवित मानिसले मात्र सपना देख्छ । आफ्नो लक्ष्य र गन्तव्यसम्म पुग्न सपनालाई पछ्याउनैपर्छ ।
अमित कोइराला
विश्वकप फुटबलले अरू कुरालाई छायाँमा पारेको छ (यात्रा सन्दर्भ : फुटबलको मौसममा पुस्तक) । यसले गर्दा पुस्तक व्यवसायमा पक्कै धेरथोर धक्का दिन्छ नै । पुस्तक प्रदर्शनी तथा पुस्तकका सम्बन्धमा छलफल–बहस हुनु राम्रो हो ।
आनन्द नेपाल
फुटबल प्रशिक्षक राजुकाजी शाक्यको ठम्याइ सही छ (अन्तर्वार्ता : नेपालले विश्वकप फुटबल खेल्न पाउने सम्भावना प्रशस्तै छ) । यो विश्वकपमा जर्मनी, ब्राजिल, अर्जेन्टिना तथा फ्रान्स नै बलिया छन् । शाक्यले भने जस्तै नेपालले विश्वकप खेल्ने दिन छिट्टै आओस् ।
दीपक क्षेत्री
कसको भविष्यवाणी मिल्छ त्यो त हेर्न बाँकी नै छ (नेपाली फुटबल विश्लेषकको भविष्यवाणी) । नेपाली फुटबल विश्लेषकको आँकलन, अनुमान कत्तिको सही होला त्यो प्रतीक्षाकै विषय हो ।
भक्त अधिकारी
धेरै नेपालीहरू त्यही दिनको प्रतीक्षामा छन् (नेपालको विश्वकप छनौट यात्रा) । विश्वकप छनौटको कठिन, जटिल र लामो यात्रा नेपालले सफलतापूर्वक पूरा गरोस् । नेपाली खेलाडी तथा सरकारले यसका लागि दरो तयारी गर्नुपर्छ ।
विष्णु सिंह
उस्तै खालको प्रतियोगिताभन्दा नयाँ खालको प्रतिस्पर्धा गर्न सकिन्थ्यो (देशैभर मिस एसईई प्रतियोगिता) । यस्ता कार्यक्रम विद्यार्थीहरूको क्षमता बढाउन एवं सीप सिकाउनभन्दा व्यापारमा बढी केन्द्रित भएको पाइन्छ ।
आदित्य शर्मा
सम्मानित सबै चलचित्रकर्मीलाई बधाई छ (महिला चलचित्रकर्मी सम्मानित) । सिर्जनात्मक काममा अघि बढ्नुहोस् । तपाईंहरूले गर्ने काममा मौलिक विषयवस्तुलाई प्राथमिकता दिनुहोला ।
नीरज हुमागार्इं
आफ्नो मुल कर्म बाहेक खेलमा पनि चासो राख्ने कलाकारहरूका बारेमा पढ्न पाउँदा खुसी लाग्यो (नेपाली कलाकारमा फुटबल फिभर) । यस्ता कुरामा पनि अपडेट हुनु राम्रो हो ।
बुद्धि कार्की
मौलिक विषयवस्तु तथा नयाँ प्रयोग भएन भने राम्रो परिणाम आउँदैन (समीक्षा : जेठका चलचित्र : सबै फ्लप) । प्रस्तुति, कथा एवं कलाकारहरू पनि नयाँ हुनुपर्छ ।
अनुप पौडेल
विश्वकपको टिकटको मूल्य यति महँगो ? (खेलकुद : विश्वकप टिकटको मूल्य) अझ फाइनल चरणका खेलको टिकट त हामी सर्वसाधारण नेपालीहरूका लागि आकाशकै फल रहेछ ।
आशिष तामाङ
विश्वकप भकुन्डोको कथा रोचक लाग्यो (खेलकुद : विश्वकप भकुन्डोको कथा) । यो लेखमार्फत धेरै नयाँ जानकारी पाइयो ।
सरोज बस्नेत
नेपाली खेलकुदका बारेमा नियमित रूपमा दुई–तीन पेज सामग्री प्रकाशन गर्न अनुरोध गर्छु ।
डल्ली कान्छी