साप्ताहिक संवाददाता
असार ९, २०७५
कीर्तिपुरको रमणीय क्षेत्रमा सञ्चालित माह–क्वह–चमा आज शनिबार लाइभ कन्सर्ट हुँदैछ ।
आईपिसीले आयोजना गर्न लागेको समर–२०१८ म्युजिकल कन्सर्ट विद फुड फेष्टमा गीत–संगीतका साथमा स्वादिष्ट नेवारी परिकारको स्वाद समेत लिन सकिनेछ ।
यो रमाइलो कार्यक्रममा गायकहरू हरिश माथेमा, सञ्जय श्रेष्ठ, उदेश श्रेष्ठ, गायिका केञ्जल मेहर श्रेष्ठ तथा सांगीतिक समूह क्यान्टन ब्यान्डले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
मिति : असार ९ गते शनिबार
समय : दिउँसो २ बजेपछि
स्थान : माह–क्वह–च, कीर्तिपुर–२, काठमाडौं