साप्ताहिक संवाददाता
असार ११, २०७५
श्रृष्टि श्रेष्ठले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘रोमिय एण्ड मुना’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा श्रृष्टिको जोडीका रुपमा अभिनेता विनय श्रेष्ठ देखिदै छन् ।
चलचित्र भित्र रहेको केही दृश्य समेटिएको ट्रेलरमा बिनय र श्रृष्टीका अलवा एनिभेसबाट तयार गरिएको राक्षसी रुपको अभिनय समेत देख्न सकिन्छ । आर्ट कलाका दृश्यले बिषेश स्थान पाएको ट्रेलरमा राखिएको रोमान्स, प्रेम, पिडा, एक्सनका दृश्य दर्शकमा कौतुहलता जगाउने खालका छन् ।
नरेशकुमार केसीले निर्देशन गरेको यो चलचित्र आउँदो साउन ११ गतेबाट अल नेपाल रिलिज हुँदैछ । चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय र श्रृष्टिका अलवा सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको ट्रेलर :