साप्ताहिक संवाददाता
असार ११, २०७५
चलचित्र नाईं नभन्नू ५ को फस्ट लुक सार्वजनिक भएको छ । निर्माण टिमले दुई जोडीलाई पोस्टरमा स्थान दिदै चलचित्रको फस्ट लुक सार्वजनिक गरेको हो । पोस्टरमा स्वस्तिमा खड्कालाई डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग देखिएका छन् ।
विकास आचार्यले निर्देशन गरेका ‘नाईं नभन्नूल ५’ भदौ ८ गते अल नेपाल रिलिजको तयारीमा रहेको छ । चलचित्रमा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।