साप्ताहिक संवाददाता
संगीतकार रञ्जित गजमेर भन्नासाथ चलचित्रका थुप्रै समुधुर गीतका संगीतहरू सम्झन्छौं । उनले संगीत दिएका चलचित्रका गीतहरू धेरै हिट पनि छन् । उनले अरु पनि संगीतहरू सिर्जना गरेका छन् तर त्यो उनीसँगै सिमित थिए । ती संगीतहरूलाई समेटेर संगीतको पहिलो नेपाली एल्बम म्युजिक नेपालले भर्खरै बजारमा ल्याइएको छ ।
कृति नाम गरेको सो एल्बममा रञ्जित गजमेर, कुसुम गजमेर तथा नौ लाख ताराका रचयिता स्व : अगमसिंह गिरीको समेत रचना छ । कृति एल्बमका गीतहरूमा कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ र नवोदित गायिका स्वरुपा आशाको स्वर छ । स्वरुपा आशाको यहि डेब्यु एल्बम पनि हुन् । कृतिका बारेमा रनजित गजमेरकै शब्दमा भन्नुपर्दा, आफुलाई मनपरेका संगीतहरू जुन चलचित्रमा राख्न नमिलेको र अरुभन्दा पृथक छन्, त्यसैको संगालो हो ।
मुम्बईमा रेकर्ड गरिएको एल्बम कृतिको नहुने भैगो, दुई दिने, जिन्दगी बाँच्नलाई गीत एल्बमसँगै नै रिलिज गरेका छन्, जसमा गायिका स्वरुपा आशाका स्वर छ । इन्दियाका संगीतकार लक्ष्मीकान्त प्यारेलाल, उदित नारायण, जोली मुखर्जी सभ्य कुमारजस्ता संगीतज्ञसँग स्टेज शो गरिसकेकी स्वरुपा अष्ट्रेलियामा नर्सिङ पेसा अपनाइरहेकी छिन् ।
म्यूजिक भिडियो :