असार १४, २०७५
टाटुलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्दा कत्तिको ग्ल्यामरस देखिन्छ भन्ने कुरालाई २३ वर्षीया एम्बेर लुकीले सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेकी छिन् । शरीरका विभिन्न भागमा ५७ वटा कलात्मक टाटु बनाएकी एम्बेरले शरीरलाई थप आकर्षण तुल्याउन आँखाको सेतो भागलाई नीलो बनाएकी छिन् ।
१० लाख ७० हजार रुपैयाँ खर्च गरेर एक्बेरले शरीरमा मण्डलादेखि विभिन्न आकृतिको टाटु बनाएकी छिन् । त्यसबाहेक उनले जिब्रोलाई दुई भागमा विभाजन गरेकी छिन्, कानलाई फरक ढंगले छेडेकी छिन् भने निधार, छाती, ओठ, चिउँडो तथा पाखुरामा पियर्सिङ गराएकी छिन् ।
एम्बेरले कानको लोतीलाई तन्काएकी छिन् । ५० हजारभन्दा बढी फलोअर्स भएको आफ्नो इन्स्टाग्राम एकाउन्टमा उनी आफ्नो शरीरको टाटु र आफूले शरीरमा गरेको परिवर्तनका तस्बिरहरू अपलोड गरेर चर्चामा आउँछिन् ।