साप्ताहिक संवाददाता
आफूसँग पैसा भए पो बाजी राख्नु ।
मर्लेस चन्द
डुबाएको त जर्मनीले हो । अरूले त जिताएकै छन् ।
डेनिस
प्रहरीले बाजी राख्न दिँदैन् । राखियो भने पक्राउ परिन्छ ।
पंकज कर्ण
भो कुरै नगरौं, लगभग प्रत्येक पटक हारियो होला ।
किशोर रियाज
मैले २५ हजार रुपैयाँ बाजी राखेको अति राम्रो भयो । बाजिको पैसा भन्दा पनि आफूले सपोर्ट गरेको टिमले जित्यो भने मजा आउँदो रहेछ ।
गायत्री अधिकारी
आफूले खेल्दा मात्र बाजी राखिन्छ । आफ्नो बाहेक अरूको त मलाई भर नै लाग्दैन भन्या ।
रोशन खतिवडा
घरमा माड लगाउन पैसो छैन । यता फुटबल र के–के रे ?
फुच्ची साना
म यस्ता कुरामा विश्वास गर्दिन र, बाजी पनि राख्दिनँ ।
लोकेन्द्र कठायत
एक करोड जतिको बाजी राखौं भनेको ९९ लाख ९९ हजार ९ सय ९९ मात्र अपुग भो, लौन सहयोग पाउँ ।
सुरेश न्यौपाने
म त प्रत्येक खेलमा बाजी राख्छु ।
लामा प्रिन्स गौरब
मलाई बाजी राखेर जेल जानु छैन ।
सुमित ढकाल
१ लाखको बाजी राख्न तयार छु । विश्वकप फुटबल ब्राजिलले जित्छ । कोही भए आउनुहोला ।
नरेन्द्रसिंह दहित
मैले त राखेको छैन ।
खुसीराम दहित
मैले त घरमै बाजी राख्ने गरेको छु ।
राजन तिमिल्सिना
म बाजी राख्छु तर सधैं अर्कैले जित्छ ।
नवीन सापकोटा
म यस्तो बाजी र जुवा–तासमा लाग्दिन ।
पीडित निशान
एक हजार रुपैयाँसम्म राखेकी छु ।
गीता गुरुङ
बाजी चैं होइन बाझी राख्नु पर्या छ, आफ्नैसँग ।रसिया मैले ५ सय रुपैयाँसम्मको बाजी राखेकी छु ।
पूजा
एक रुपैयाँ पनि बाजी लगाउँदिन म त ।
एचबी जिसी
हामी जुवाडे हौं र बाजी राख्नलाई ?
उमेश सिग्देल
अहिले त हरेक दिनजसो बाजी राख्न थालेको छु, तर हल्का फुल्का ।
देवेन्द्र कोइराला
राखेको छैन, अब राख्ने सोचमा छु ।
पेशल बराल
१ सय, ५ सय रुपैयाँ राख्दैछु अहिले त ।
ईश्वर सापकोटा
यसपालि त मैले बाजी हार्नुपरिरहेको छ ।
श्याम राजवंशी
विश्वकप रसियामा हुँदैछ । नेपालमा उफ्रेर के फाइदा ? ट्रफी एउटाले लान्छ । नेपालकालाई तातो न छारो ।
फुच्ची साना
म त दिनकै बाजी लगाउँछु त्यो पनि दुई ठाउँमा,
पहिलो : भाइबरमा मिलायो भने १ डलर दिन्छ, जसले नेपाल फोन गर्न मिल्यो, नमिलाए केही तिर्नु पर्दैन ।
अर्को बूढीसँग : जसले मिलाउँछ उसले खाना पकाउन नपर्ने तर भाइवरमा ५ डलर जिते पनि बूढीसँग भने १५ दिन बिहान र साँझ भात पकाउने गरी हारें ।
प्रमोद गौतम
हारेको पैसा तिर्दिने हो र ?
सरिफ केटा
पैसा तपाईंले तिरिदिने हो कि क्या हो ?
महेश सापकोटा
मलाई त फुटबलमा खासै रुचि छैन ।
दीप कार्की
फेसबुक कमेन्टमा दर्हो बाजी राखिएको छ । बाँकी साप्ताहिकसँग बाजी राख्न मन छ ।
नविन पन्त
एउटीसँग राखेको थिए, जिते तिमी मेरो, हारें म तिम्रो भनेर ।
मिनेस राजभण्डारी
घर नै बाजी राखेको छु । के होला ? मैले जित्छु कि हार्छु होला ?
राजन तिमिल्सिना
गरिबका छोराहरूले के बाजी राख्नु ? हेर्छु अनि त्यसमै चित्त बुझाउँछु ।
गणेश दंगाल
किन र ? म त भन्दिन है ।
मनोहर थापा