साप्ताहिक संवाददाता
असार १८, २०७५
गायक दुर्गा स्वाँरको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘बिझाउँदिन’ बोलको सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत तथा मुकेश राईको शब्द रहेको छ ।
भुपेन्द् तुम्बाहाङ्फले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा एक विधवा महिलासँगको प्रेम देखाईएको छ ।
टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो निर्देशक स्वयमले खिचेका हुन् ।
बिझाउँदिनको म्यूजिक भिडियो :