असार १९, २०७५
बेलायतको हुल भन्ने स्थानमा एक ६९ वर्षीया महिलाले आफ्नो घरको बुइँगल सफा गर्ने क्रममा एउटा काठको बाकस फेला पारिन् । उक्त बाकसलाई फोहोर सम्झेर उनले फ्याँक्ने सोच बनाइन् ।
फ्याँक्न लाने क्रममा बाकस खोलेर हेर्दा त्यसमा केही पुराना सिक्का देखियो । उनले केही सिक्का अनलाइनमा राखेर बिक्री गर्ने निधो गरिन् । उक्त सिक्का सन् १६४४ का बेलायती राजा चाल्र्स प्रथमको पालाको रहेछ ।
त्यो बेला १ सय प्रतिमात्र निस्किएको उक्त सिक्काको महत्व एक संग्रहालयले बुझ्यो । उसले ती सिक्का न्यूनतम १ करोड ४४ लाख रुपैयाँमा बिक्री गर्ने योजना बनाएको छ । संग्रहालयले अब उक्त सिक्का लन्डन, न्युयोर्क वा हङकङमध्ये एक ठाउँमा लिलाम गराउने भएको छ ।