साप्ताहिक संवाददाता
रसियामा जारी विश्वकप फुटबल–२०१८ रोमाञ्चक मोडमा पुगेको छ । ३२ राष्ट्र सहभागी विश्वकपको उत्कृष्ट १६ मा पर्न सफल देशहरूको छनोट भैरहेको छ । खेल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेपछि विश्वकपको रोमाञ्चकता अझ बढ्ने निश्चित छ । विश्वकपको लहर जारी नै रहेका बेला साप्ताहिकले केही कलाकारसँग उनीहरूले खेलेका अविष्मरणीय फुटबलका सम्बन्धमा जिज्ञासा राखेको थियो ।
कीर्तिपुरको ग्राउन्डमा, जहाँ अहिले क्रिकेट ग्राउन्ड छ, त्यहाँ खेलिन्थ्यो किनभने मेरो गाउँमा ग्राउन्ड थिएन । दहचोकबाट त्यहाँसम्म गइन्थ्यो तर पछि कलाकार भएपछि कमरेड प्रचण्ड आदि थुप्रै नेतासँग खेलिएको मैत्रीपूर्ण खेल चाहिँ अविष्मरणीय छ ।
दीपकराज गिरी, अभिनेता
सानो छँदा आफ्नो जन्मस्थान भीमफेदी, तनहुँमा खेलेको थिएँ, जहाँ फुटबलको एकदमै ठूलो क्रेज
छ । कलाकारितामा आएपछि भने फुटबल खेल्न पाएको छैन ।
नीराजन प्रधान, अभिनेता
सानो छँदै बिराटनगरमै खेलेको हो । त्यति बेला मणि शाहको खुबै चर्चा थियो, हामी चौरमा मणि शाह–मणि शाह भन्दै उफ्रन्थ्यौं । काठमाडौं आएपछि चाहिँ मैले एक पटक पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली आदि नेताहरूविरुद्ध फुटबल खेलकी थिएँ । उक्त खेलको रोमाञ्चकता म जीवनभर बिर्सन सक्दिन ।
दीपाश्री निरौला, अभिनेत्री/निर्देशक
स्कुले जीवनमा ढुंगाको गोल पोस्ट राखेर खेलिन्थ्यो । त्यही बेला हो जीवनको पहिलो गोल हानेको । फुटबल खेल्ने क्रममा खुट्टामा चोट लागेर चार दिन आराम गरेको पनि सम्झना छ ।
महेश ज्ञवाली, संगीतकार
स्कुलमा छँदा खुबै खेलिन्थ्यो । म स्कुलको फुटबल क्लबको राम्रो खेलाडी थिएँ । सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि भने फुटबल खेल्ने बानी छुट्यो ।
डिजे तेन्जिङ, डिजे