साप्ताहिक संवाददाता
असार २०, २०७५
एक दर्शकले महिला खेल पत्रकारलाई चुम्बन गर्ने प्रयास गरेको भिडियो क्लिप अहिले सामाजिक सञ्जालहरूमा भाइरल भैरहेको छ । ब्राजिलीयन टिभी ग्लोबलका लागि जुलिया गुइमारेस यकटेरिनबर्गमा लाइभ समाचार प्रसारण गरिरहेकी थिइन्, तर बीचमै एक दर्शकले उनलाई गालामा चुम्बन गर्ने प्रयास गरे ।
त्यसको प्रतिक्रियामा जुलियाले उनलाई धकेलिन र गाली गरिन् । त्यो पनि लाइभ प्रसारणमै । जुलियाको भनाइ थियो, ‘यस्तो काम फेरि बिर्सेर पनि नगर । महिलाको अनुमतिबिना उनलाई चुम्बन गर्ने प्रयास नगर ।
यो राम्रो काम होइन । बरु महिलालाई सम्मान गर्न सिक ।’ जुलियाको यो बहादुरी धेरैले मन पराएका छन् र उनको प्रशंसा गर्न थालेका छन् ।