साप्ताहिक संवाददाता
नेपाली चलचित्रका लोकप्रिय संगीतकार रञ्जित गजमेर लामो समयपछि एउटा सुगम संगीतमा आधारित आधुनिक गीतमा संगीतकारको रुपमा सुनिएका छन् । मुम्बईमा रहेर संगीत कर्ममा सक्रिय रहेका गमजेर खासगरी नेपाली चलचित्रका सिद्धहस्त संगीतकार हुन् । उनले संगीतबद्ध गरेका सम्झना, कुशुमे रुमाल, लाहुरे, साइनो आदि चलचित्रका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
यसपटक संगीतकार गजमेर प्रतिभाशाली गायिका स्वरुपा आशाको स्वरमार्फत दर्शक तथा स्रोतामाझ आएका हुन् । गजमेरद्वारा संगीतबद्ध गायिका स्वरुपा आशाको स्वरमा रेकर्ड भएको ‘नहुने केही छैन...’ गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । जसलाई दर्शकले कम समयमै मन पराएका छन् ।
कुशुम गजमेरको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिका स्वरुपा आशा आफैं प्रस्तुत भएकी छिन् । मौलिक नेपाली पहिरनमा सजिएर आकर्षक नृत्य गरेकी गायिकालाई बनेपा डान्स क्रिउले नृत्यमा साथ दिएका छन् ।
विदुर पाण्डेको छायांकनमा तयार पारिएको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
नहुने केहि छैनको म्युजिक भिडियो :