साप्ताहिक संवाददाता
असार २१, २०७५
घरमा कोही मानिस आउँदा अब उनीहरूले भिडियो डोर बेल बजाउन सक्नेछन् । गुगलले यसका लागि ‘नेस्ट हेलो’ ल्याएको घोषणा गरेको छ । घरमा कोही पाहुना आए उक्त भिडियो डोर बेल प्रयोग गर्न सकिनेछ । यसमा कुनै पनि व्यक्तिले ढोकाको नजिक पुगेर भ्वाइस वा टेक्स्ट म्यासेज पठाउन सक्नेछन् ।
यदि आगन्तुक परिचित नभए बेलले एलर्ट गर्नेछ । यसमा फेसियल रिकग्निसन सिस्टमसमेत उपलब्ध छ । यो डिभाइस हाल युरोपका बजारमा मात्र उपलब्ध छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ३२ हजार रुपैयाँ छ ।