सलमान, शाहरूख र अमिर । यी तीन खानलाई बलिउडमा सबैभन्दा बलिया हस्तीका रूपमा लिइन्छ । केही वर्षअघि मात्र शाहरूख र सलमान झन्डै पाँच वर्षको दुस्मनीलाई तिलाञ्जली दिँदै नजिक भएका थिए, तर अमिर र शाहरूख भने लामो समयदेखि बोलचालमा छैनन् ।
शाहरूख र अमिरलाई मिलाउन बलिउडमा विभिन्न व्यक्तिले थुप्रै पटक प्रयास गरे पनि सफल भैरहेका छैनन् । यी दुई प्रतिस्पर्धी एक–अर्काको नजिक नै पर्दैनन् । उनीहरूको सम्बन्ध कस्तो छ भन्ने कुरा पत्ता लगाउन धेरै टाढा पुग्नु पर्दैन, ट्विटर नै हेर्दा पनि हुन्छ ।
शाहरूखले ट्विटरमा सलमान खान, अमिताभ वच्चन, ऋतिक रोशन, दीपिका पादुकोण, सहिद कपुर, प्रियंका चोपडा, अभिशेक बच्चन आदि ७८ जनालाई फलो गरेका छन् ।
सलमानले अमिर, साहरूख, सोनाक्षी सिन्हा आदि २२ जनालाई फलो गरेका छन् । अमिरले सलमान र अमिताभ बच्चनसँगै ९ जनालाई फलो गरेका छन् । शाहरूख र अमिरले भने एक–अर्कालाई फलो गरेका छैनन् ।