साप्ताहिक संवाददाता
निर्देशक : स्टेफनो सोल्लीमा कलाकार : बेनिसियो डिल टोरो, जोश ब्रोलिन, इसावेला, मोनेर, जेफ्रिय डोनोभन आदि । संगीत : हिल्डर गुनाडोटिर
हलिउडमा एक्सन–थ्रिलर चलचित्र निर्देशनमा कहलिएका स्टेफनो सोल्लीमाको निर्देशन रहेका कारण पनि चलचित्र सिकारियो बहुप्रतीक्षित थियो । नेपालसँगै विश्वका हजारौं स्क्रिनमा एकसाथ प्रदर्शनमा आउने यो चलचित्रलाई टेलर सेरिडनले लेखेका हुन् ।
चलचित्र सिकारियोको कथा अमेरिका–मेक्सिकोको सिमानामा हुने लागू औषधको ओसारपसारमा केन्द्रित रहेको बताइन्छ । निर्देशक स्टेफनोले यो चलचित्रले खास सन्देश दिने तथा त्यसलाई दर्शकले मन पराउने दाबी गरेका छन् ।
वसिल इवानंक, इडवार्ड, मोल्ली स्मिथ, थाड लकिङविल आपदद्वारा निर्मित यो चलचित्रको छायांकन डेरिउज वोल्सिकीले गरेका हुन् । १ घण्टा २२ मिनेट लामो चलचित्र सिकाएको ४५ लाख अमेरिकी डलरमा तयार भएको हो ।