साप्ताहिक संवाददाता
असार २२, २०७५
हाइकिङ जान कत्तिको रुचाउनुहुन्छ ? भोलि शनिबार हाइकिङ गएर समयको सदुपयोग गर्न सक्नुहुन्छ । काठमाडौं उपत्यकामा हाइकिङका लागि प्रचलित रुट हो— चम्पादेवी । सार्वजनिक सवारी साधनबाट एक घण्टाको यात्रापछि फर्पिङ पुगिन्छ ।
त्यहाँबाट जंगलै–जंगल तीन–चार घण्टा उकालो हिंडेपछि चम्पादेवी पुग्न सकिन्छ । टुप्पोमा पुगेपछि अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, जुगल हिमाल तथा सगरमाथा नियाल्न सकिन्छ । चम्पादेवीमा हिन्दु तथा बौद्ध धर्मालम्बीहरू पूजाआजा गर्न पुग्छन् । लन्च गरेपछि देउरालीको बाटो हुदै फर्पिङ पुगेर यो हाइकिङ टुंगिनेछ ।
आयोजक : ब्लुजम एक्सपेडिसन्स वन डे हाइकिङ टुर एन्ड ट्रेकिङ
प्रवेश शुल्क : ५ हजार रुपैयाँ (२ जनाका लागि)