साप्ताहिक संवाददाता
असार २२, २०७५
हिमालयन टाइगर प्रो. रेस्लिङ एसोसिएसनले राष्ट्रिय धान दिवसका अवसरमा हिलोमा रेस्लिङ प्रतियोगिता सम्पन्न गरेको छ । असार १५ गते धान दिवसका अवसरमा लुभु, लामाटारमा सञ्चालित मनोरञ्जक रेस्लिङ प्रतियोगितामा नेपालका राष्ट्रिय रेस्लर खेलाडीहरूले सहभागिता जनाएका थिए ।
अखिल किसान महासंघको सहकार्यमा सम्पन्न उक्त प्रतियोगितामा महिला रेस्लिङ खेलाडी भगवती खड्का ‘युनिका’ले शोभा चौधरी तथा अस्मिता राईको जोडीलाई अंकका आधारमा पराजित गरे भने मुना श्रेष्ठले पल्लवी पाण्डेलाई पराजित गरिन् ।
पुरुषतर्फ मिस्टर यतिलाई द वारियरले, मिस्टर बाबुसापलाई रेशम तामाङले अंकका आधारमा पराजित गरे । उक्त प्रतियोगिताको सञ्चालन अन्तर्राष्ट्रिय रेस्लर तथा नेपाली रेस्लिङ गुरु हिमालयन टाइगरले गरेका थिए ।
हिले रेस्लिङको भिडियो