म ३१ वर्षीय विवाहित महिला हुँ । हाम्रो विवाह भएको पाँच वर्ष भयो । हाम्रा कुनै सन्तान छैनन् । सन्तानको रहर भएकाले हामीले परीक्षण पनि गरायौं, तर चिकित्सकले श्रीमान्को शुक्रकीट कम छ भन्नुभयो । के शुक्रकीट बढाउने कुनै औषधि छ ? अब के गरे हामी सन्तान जन्माउन सक्षम हुन्छौं ?
- ए.
सामान्यतस् परिवार नियोजनका साधन प्रयोग नगरी श्रीमान्सँग लगातार दुई वर्ष बस्दा वा नियमित (हप्तामा ३ पटक वा बढी) यौनसम्पर्क गरेको अवस्थामा ८० प्रतिशत दम्पतीमा गर्भ रहन्छ, अर्थात् २० प्रतिशतमा मात्र गर्भ नरहन सक्छ । गर्भ नरहनुको कारण महिला, पुरुष वा दुवै हुन सक्छन् ।
तपाईंले आफ्नो श्रीमान्को शुक्रकीट कम छ त भन्नुभएको छ, तर कति कम छ पत्रमा उल्लेख छैन । अहिले बजारमा उपलब्ध केही औषधिले शुक्रकिटको संख्या तथा चालमा केही वृद्धि गरेको पाइन्छ ।
यस्ता औषधिको असर देखा पर्न तीन महिना वा त्यसभन्दा बढी लाग्न सक्छ, तर यस्ता औषधि चिकित्सकको परामर्शमा मात्र सेवन गर्नुपर्ने हुन्छ । विवाहको पाँच वर्ष भैसकेको र उमेर पनि ३० पुगिसकेका कारण सचेत हुँदै राम्रो निस्सन्तान केन्द्रमा सम्पर्क गर्नुहुन सुझाव दिन्छु ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल