साप्ताहिक संवाददाता
असार २३, २०७५
आज शनिबार रमाइलो वातावरणमा समय व्यतीत गर्न चाहनुहुन्छ भने दरबारमार्गस्थित क्लब डेजाभुमा जुम्बा पार्टी तथा डिजे सेसन हुँदैछ । सुरुको ६० मिनेट जुम्बा फिट्नेस डान्स हुनेछ, जसमा जुम्बा किङ तथा जुम्बा क्विनको छनौट गरिनेछ । त्यसपछि भने डिजे डान्समा रमाउन सकिन्छ ।
त्यसबाहेक त्यहाँ विश्वकप फुटबल हेर्न सकिने व्यवस्थासमेत छ । यो कार्यक्रममा ड्रिंक्स, स्न्याक्स तथा बफेट डिनरको सुविधासमेत उपलब्ध हुनेछ ।
आयोजक : नेक्सट स्टेप फिटनेस एन्ड ट्रेनिङ सेन्टर समय : ४ बजेदेखि ९ बजेसम्म प्रवेश शुल्क : २ हजार ३ सय रुपैयाँ