साप्ताहिक संवाददाता
असार २६, २०७५
आफुले अभिनय गरेको पहिलो चलचित्र प्रदर्शन नहुँदै हिट भयो भने कुन कलाकारको मन खुसी नहोला ? त्यस्तै भएको छ बलिउड अभिनेत्री जाहन्वी कपुरलाई । चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वीको डेब्यु चलचित्र धडकको ट्रेलर रिलिज भएसँगै जाहन्वीको चर्चा चुलिएको छ ।
२० जुलाईमा प्रदर्शन हुने उक्त चलचित्रको ट्रेलर हेरेपछि धेरैले उनको अभिनयको प्रशंसा गरेका छन् । युट्युबमा उक्त ट्रेलर हेर्नेहरूको संख्या ३७ करोडभन्दा माथि पुगिसकेको छ भने ट्रेलर हेर्ने जो–कोहीले जाहन्वीको अभिनयमा जादु भएको प्रतिक्रिया दिएका छन् ।
धडक २०१४ मा प्रदर्शनमा आएको ब्लकबस्टर मराठी चलचित्र सौराटको हिन्दी रिमेक हो । चलचित्र धडक गरिब दलित युवक तथा धनी एवं उच्च वर्गकी युवतीबीचको प्रेममा आधारित छ ।