साप्ताहिक संवाददाता
असार २७, २०७५
चलचित्र ‘साली कस्को भेनकाको’को ट्रेलर सार्वजनिक भएको छ । आगामी भदौ २९ गते रिलिजको तयारी रहेको चलचित्रमा विल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिष्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बीरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशीलगोपाल न्याछ्यो, काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारीले सयुक्त रुपमा लगानी गरेका छन् ।
‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको बताईएको छ । प्रसाद उनै हुन्, जसले पहिला कान्छी, कर्जालगायतका फिल्म निर्माण गरेका थिए । लामो समयको अन्तरालपछि फिल्म निर्माणमा पुनरागमन गरेका प्रसाद साली कस्को भेनाको बाट निकै आशावादी छन् ।
चलचित्रको ट्रेलर :