इन्दिरा जोशी, गायिका
पहिरन : अहिले जमाना रेडी टु वेयरको छ । ट्रेन्डी रन वे फेसनमा जे छ, म त्यस्तै किनिरहेकी हुन्छु । यद्यपि म ट्रेन्डको पछाडि कहिल्यै लागिनँ । ट्रेन्डमा आफूलाई सुहाउने सामग्री भित्रिएको छ भने किनिहाल्छु । म लबिम मलस्थित केडीएका पहिरन बढी किन्छु । स्टेजका लागि भने डिजाइनर वेयर नै लगाउँछु । अहिले पेज थ्रीका पहिरन बढी लगाइरहेकी छु । समरमा कुल अनि सफ्ट फेब्रिक बढी प्रयोग गर्छु । म ठाउँअनुसार जिन्स, वान पिस, स्कर्ट, गाउन तथा साडीहरू लगाउँछु ।
जुत्ता : म जुत्ताको क्रेजी छु । कतै जाँदा जुत्ता किनेर ल्याइरहन्छु । मसँग किसिम–किसिमका जुत्ता छन् । मलाई पम्प तथा स्यान्डल नै बढी सुहाउँछ, तर हाइ हिल्स पनि लगाइरहन्छु । आफूसँग थुप्रै कलरका जुत्ता भए पनि बढीजसो ब्ल्याक, न्युड तथा ह्वाइट कलरका जुत्ता प्रयोग गर्छु ।
मेकअप : म आफै मेकअप गरेर कार्यक्रममा सहभागी हुन्छु । मलाई त्यति राम्रो मेकअप गर्न त आउँदैन, नर्मल मेकअप नै गर्छु तर प्रोडक्ट भने राम्रो ब्रान्डकै चलाउँछु । फुर्सद हुँदा युट्युब आदि हेरेर मेकअप गर्छु । मलाई स्मोकी आइज मेकअप आकर्षक लाग्छ ।
केश : हेयर स्टाइल भने समय–समयमा चेञ्ज गरिरहन्छु । मेरो केशमा कर्ल र कलर त्यति नबस्ने हुँदा पार्लर गैरहन्छु । हेयर स्टाइल र केयरका लागि हेयर एन्ड शान्ति तथा लक्ष्मी ठाकुरकहाँ जान्छु । अहिले मेरो हेयर स्टाइल बफ कट छ ।
एसेसरिज : एसेसरिजहरू लगाउन त्यति मन लाग्दैन । नेकलेस त लगाउँदिन तर पहिरनअनुसार इयरिङहरू लगाउँछु । घडी भने प्राय: छुट्दैन । यद्यपि मसँग एसेसरिजको राम्रो कलेक्सन छ ।
नम्रता श्रेष्ठ, अभिनेत्री
पहिरन : मलाई क्याजुअल पहिरन मनपर्छ । त्यसमा पनि यो समरमा प्यांक टप्सहरू लगाइरहन्छु । सनवर्न हुने डरले गर्मीमा पनि पातलो ज्याकेट वा आउटर लगाउँछु । हाफ पाइन्ट तथा कटन स्कर्ट बढी लगाउँछु । कटन तथा लेनिनले गर्मी महसुस गराउँदैन र कुल रहन सकिन्छ । समरमा न्युड, ह्वाइट, लाइट ब्लु, लाइट पिंक आदि लाइट कलरका पहिरन मेरो च्वाइसमा हुन्छन् । म हरेक दिनजसो नै केही न केही किनिरहेकी हुन्छु ।
जुत्ता : समरमा स्यान्डल तथा कन्भर्स मन पर्छन्, तर मसँग थुप्रै कलर र हिल्सका जुत्ताको कलेक्सन छ ।
एसेसरिज : म खासै एसेसरिज लगाउँदिन । समरमा भने ब्यांगल, घडी तथा दुई–तीनवटा औंठी लगाउँछु ।
मेकअप : हेबी मेकअप क्यारी गर्न गार्हो लाग्छ । गर्मीले गर्दा मेकअप मेन्टेन गर्न पनि उत्तिकै गार्हो हुन्छ । म मिनरल मेकअप मन पराउँछु भने मेकअप उतार्न पनि अल्छी गर्दिनँ । म राति क्लिन्जिङ अनि स्क्रब गरेर मात्र सुत्छु । समय–समयमा फेस मास्क पनि लगाउँछु ।
हेयर : नेचुरल हेयर नै मन पर्छ । हेयर ट्रिटमेन्ट र आयल मसाज भने गराइरहन्छु । अब हेयर स्टाइलमा केही चेञ्ज ल्याउने प्लान छ ।
समर डाइट : वर्क आउट बढी गर्छु । दुब्ली भएकीले डाइट प्लानिङ त्यति गर्दिन । जुस तथा फलफूल बढी खान्छु । पिनट, आलमण्ड, चिकेन तथा अण्डा पनि खाइरहन्छु ।
आकाश श्रेष्ठ, अभिनेता
पहिरन : म त्यति ड्रेस कन्सस त छैन, तर आफूलाई जुन पहिरन सजिलो लाग्छ त्यही लगाउँछु । धेरैजसो कटनका सर्ट र लिनेनका पाइन्ट लगाउँछु । समरमा स्काइ ब्लु, ह्वाइट आदि लाइट कलरका सर्ट तथा ब्ल्याक पाइन्ट बढी लगाउँछु । म प्राय:जसो जारा, म्यान तथा बलेनोका पहिरन प्रयोग गर्छु भने धेरैजसो
सामान दरबारमार्ग तथा पिपुल्स प्लाजामा किन्छु ।
जुत्ता : म सजिलो जुत्ता रुचाउँछु । पार्टी सुज तथा क्याजुअल सुज पनि लगाइरहन्छु । गुच्ची र टम्मी हिलफिगरका जुत्ता मेरो कलेक्सनमा छन् । मलाई यिनै ब्रान्डका जुत्ता सहज लाग्छन् ।
हेयर स्टाइल : हेयरमा स्पाइकी मन पर्छ । मेरो हेयर नर्मल नै हुन्छ । म प्राय: घर नजिकै आफ्नो केश काट्छु ।
स्किन केयर : स्किनका लागि हिमालयनका प्रोडक्ट प्रयोग गर्छु । सुटिङमा मेकअप लगाइने हुँदा घरमा क्लिन्जिङ गरेर सफा गर्छु ।
डाइट प्लान : स्वास्थ्यको एकदमै ख्याल राख्छु । आफूलाई फिट राख्न डाइट कन्सस छु । चिल्लोरहित खानेकुरा मन पर्छन् । पिरो खान सक्दिन । चिल्लो र पिरोविनाका सबै प्रकारका पहिरन खान्छु ।