साप्ताहिक संवाददाता
असार ३०, २०७५
हामीले टिभी चलाउन प्रयोग गर्ने रिमोट अब छिट्टै बिदा हुने संकेत देखिएको छ । अमेजनले हालै १ सय १२ डलरको फायर टिभी क्युब डिभाइस बजारमा उतारेको छ । उक्त क्युब डिभाइस आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले सञ्चालित हुने एलेक्साबाट चल्नेछ ।
हाल टिभीका लागि जति पनि काम गरिन्छ, ती सबै काम बोलेकै भरमा यसबाट सम्पन्न गर्न सकिनेछ । यद्यपि यसका केही सीमा पनि छन् । फायर टिभी बक्सका साथ घरमा माइक्रोफोन पनि हुनु आवश्यक छ । यसमा कसैले बीचमा एलेक्सा शब्द भन्यो भने टिभी बीचैमा रोकिन्छ ।