साप्ताहिक संवाददाता
इंग्ल्यान्डले ।
सुरेन चौधरी
फ्रान्सले जित्छ ।
सञ्जितसिंह चौधरी
फाइनलमा पुगेका दुई देशमध्ये एउटाले जित्छ । पक्का हो, मैले भनेको मिल्छ ।
दिनेश सुवेदी
जसले राम्रो खेलेर धेरै गोल गर्छ उसैले जित्छ ।
राहुल गुरुङ
फ्रान्सले जित्छ, केलियन माबाप्पेजस्ता खेलाडी भएकाले गर्दा ।
हाक्कु काले
फाइनलमा जसले हार्छ, उसको प्रतिस्पर्धामा भएको देशले जित्छ ।
पासाङ तामाङ
क्रोएसियाले जित्छ । क्रोएसियासँग राम्रो किपर भएकाले उसले जित्छ भन्ने विश्वास हो । राम्रो डिफेन्स अनि सबै कुरा मिलेको छ ।
अनुप तिवारी
फ्रान्सले जित्छ । माबाप्पेजस्ता खेलाडी छन् ।
देब राइ
जो भाग्यमानी छ उसले जित्छ । जसले मेहनत गर्छ, उसले जित्छ । जसले कमजोर खेल्छ उसले हार्छ ।
साइको बिन्दास
जुन दिन नेपाल पनि विश्वकपमा सहभागी हुन्छ, त्यतिबेला नेपालले जित्नुपर्छ । अहिले जसले जिते पनि फरक पर्दैन ।
उमेश लामिछाने
फ्रान्सले जित्छ ।
लीलाराज भट्टराई, नरेन्द्र माझी, आकाश भण्डारी, विकास मानन्धर, रमेश खतिवडा, सहयात्री दिनेश, प्रबिन राज पाण्डे तथा जेबी श्रेष्ठ
क्रोएसियाले जित्छ किनभने रियलका लुका मोर्डच अनि बार्साका इभान छन् । दुवै मिडफिल्डबाटै पोस्टमा गोल हान्ने क्षमता राख्छन् ।
मिम बम्जन
जसले धेरै गोल गरेर जित्दै जान्छ उसकै जित सुनिश्चित छ ।
युद्ध खत्री
फाइनलमा धेरै गोल गर्ने टिमले जित्छ, किनभने फिफाको नियम नै यस्तै छ ।
प्रशान्त श्रेष्ठ
फुटबलमा टिम बलियो बनाउने र महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनेकै डिफेन्सले हो । साथमा विपक्षीको पोष्टमा ओजनदार प्रहार गर्नु पनि जित हासिल गर्नु हो, जसले यी कुरामा ध्यान पुर्याउँछ उसैले जित्छ ।
चासुमहाङ कोयु राई
जसले गोल हान्छ उसैले जित्छ ।
दीप कार्की
नेपालले जित्ने दिन कहिले आउला ? हामी त्यो दिनको प्रतीक्षामा छौं ।
रेसिका गुरुङ
फाइनलमा पुग्नेमध्ये एउटा देशले जित्छ ।
प्रोगेस श्रेष्ठ
शंकै छैन, फ्रान्सले जित्छ ।
सविन
जुलुस निकालेर जितिने भए त नेपालले जित्थ्यो नि !
फ्रेन्जी सम्बोधन
इंग्ल्यान्डले ।
मानिस के. भट्टराई
बेल्जियमले किनभने उसले राम्रो खेल प्रदर्शन गर्छ ।
डल्ली कान्छी
फ्रान्सको टिम राम्रो भएकाले उसैले जित्छ ।
मनोज गुभाजु
बेल्जियमले जित्छ, किनभने उसमा बेग छ ।
बिजय लामा
बेल्जियमबाहेक अरू अप्सन छैन ।
राजु केसी
फाइनल सकिएपछि भन्छु नि है ।
सानु मस्की मगर
बेल्जियम । किन भन्नै मिल्दैन । जित्न नसक्ने भए सेमिफाइनलसम्म पुग्थ्यो र ?
अनिर्वचनीय आत्मा
फ्रान्सले जित्छ । किनभने फ्रान्सका खेलाडीहरू सक्षम छन् । हाम्रो त शुभकामना पनि छ ।
नन्द राई, दीपक थापा, झकिन्द्र खतिवडा
जसले बढी गोल हान्छ, उसैले जित्छ ।
मीन राई
क्रोएसियाले जित्छ ।
प्रशान्त
बेल्जियमले जित्छ ।
भवानी न्यौपाने, सुनिल पोखरेल तथा देवी कार्की