साप्ताहिक संवाददाता
साहित्यकार राजेन्द्र थापाले मदन पुरस्कार छनौटमा परेका पुस्तक सूची सार्वजनिक भएपछि फेसबुकमा एउटा स्टाटस लेखे भने त्यसमा विभिन्न टिप्पणीसमेत गरिए ।
मदन पुरस्कार गुठीले आफ्नो पुरस्कार प्रदान हेतु अन्तिम चरणमा छानिएका आठ पुस्तक भन्नुपर्छ । उत्कृष्ठ आठ भन्नु उचित होइन । देशभरका अन्य पुस्तक निकृष्ट भन्ने अर्थ लाग्न सक्छ ।
राजेन्द्र थापा
सिर्जनात्मक लेखनमा यो पनि एक प्रकारको सिन्डिकेट नै हो ।
एमपी खरेल
सही कुरा ।
सुमन श्रापित, पहल असिम, एकेन्द्र अछामी खड्का, आर्यन कौडिन्यान
सहमत छौं ।
दीपक विश्वास अंशु, लेख कार्की, पहल असिम
त्यहाँ पेस गरिएकाहरूबाट छानिएका उत्कृष्ट हुन्छन् । पेस नगरिएका तीभन्दा उत्कृष्ट कृतिहरू पनि छन् ।
डाक्टर घनश्याम परिश्रमी
मदन पुरस्कार गुठीको नजरमा उत्कृष्ट भनिएको हुन सक्छ ।
सागर बस्नेत
क्या बात ।
राम अविरल विष्ट
सत्य वचन ।
एक अपरिचित
मेरो पनि सहमति छ ।
बुद्धि तेम्बे माइला
मलाई त खासै राम्रा खाले छानिए जस्तो लागेन ।
प्रकाश श्रेष्ठ
यो देशमा पुरस्कारको पसल थाप्नेहरूले उत्कृष्टको सूची निकाल्छन् । एउटाको सूची अर्कोसँग मिल्दैन । सबैको सूची भिडाएर हेर्ने हो भने वर्षभरिका सबै पुस्तक तथा एल्बम उत्कृष्टको सूचीमा परेका देखिन्छन् । अब पुरस्कार थाप्ने कि नथाप्ने निर्णय कलाकार एवं लेखक स्वयंकै हो । पुरस्कारका दोकानले यसको गरिमा घटाएको लाजमर्दो अवस्था ।
राजाराम फुयाँल
मदन पुरस्कार पनि खासै लाग्न छाडयो । धेरै बुझेर होला सायद ।
प्रेम राइ
यो गतिलो यो अगतिलो भनेर छुट्याइनु आफैंमा राम्रो हुँदै होइन । ऐलानी परेन, विप्लवी परेन भनेपछि कुरो बुझियो ।
आवाज शर्मा
साहित्य होस् वा चलचित्र उत्कृष्ट छनौट गर्ने पाठक वा दर्शकले मात्र हो छनौट समिति वा जुरीले छानेकालाइ पुरस्कृत भनौं, उत्कृष्ट होइन ।
दीपकराज गिरी
लास्टाँ पाउने क.किरणले होला केरे...।
यम तिमिल्सीना
नेपालमा पुरस्कार र एवार्ड पाउनेभन्दा पनि लिने चलन छ अर्थात् किन्ने । मलाई त विश्वास नै लाग्दैन यहाँको निष्पक्षतामा ।
दिप्त प्रकाश
मदन पुरस्कार नै नेपाली साहित्यको सिन्डिकेट भयो । हामी त टुलुटुलु हेर्या हेर्यै ।
दीप
यो बहुत सन्तुलित प्रतिक्रिया हो । पुरस्कार हेतु छानिएका आठ पुस्तक अथवा गुठीका नजरमा पुरस्कारका लागि योग्य मानिएका कृतिहरू ।
विकास सिलापुत्र
कतिपय स्रष्टालाई त्यो पुरस्कारप्रति मोह नभएर पेस पनि गरिएन होला । मदन पुरस्कार मात्र उत्कृष्टताको कसि होइन ।
एमके राउत
तपाईंको दृष्टिमा उत्कृष्ट अरूको दृष्टिमा निकृष्ट पनि त हुन सक्छ नि महोदय ।
विश्वम्भर चन्चल घिमिरे
पूर्वबाट घाम झुल्किन्छ भन्नुको अर्थ पश्चिमबाट घाम झुल्किन्छ भन्नुको विरोध हो ।
युवराज काफ्ले
मदन पुरस्कार गुठीले पुरस्कारका लागि छानेका पुस्तक भन्नु राम्रो होला ।
दिव्य गिरी
कसले पाउँछ भन्ने मैले अनुमान गरेको छु । मिल्छ मिल्दैन पछि भन्छु ।
लोकराज अधिकारी