साप्ताहिक संवाददाता
असार ३२, २०७५
तीज नजिकिदै गर्दा गायक गायिकाहरु पनि तीजका गीतमा ब्यस्त भएका छन् । विभिन्न कलाकारका स्वरमा तीज गीत बाक्लै सार्वजनिक भैरहेका छन् । यसैबीच लोकप्रिय लोकगायक खुमन अधिकारीको आवाजमा पनि तीज गीत सार्वजनिक भएको छ । गायिका रमिला न्यौपाने र खुमनको स्वर रहेको ‘भुरुरु उडेको पुतली’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
अधिकारीको लय/शब्द रहेको उक्त गीत बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा बजारमा आएको हो । मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको हो ।
प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतले अभिनय गरेका छन् । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।
भुरुरु उडेको पुतलीको म्यूजिक भिडियो :