साप्ताहिक संवाददाता
चकलेटी अभिनेताका रूपमा एक समय खुबै चर्चामा आएका अभिनेता हुन्— आर्यन सिग्देल । अधिकांशजसो चलचित्रमा लभर ब्वायको भूमिकाले उनलाई स्थापित अभिनेता समेत बनाइदियो । तिनै अभिनेताको प्रदर्शनमा आउन लागेको चलचित्र कायराको ट्रेलर हेर्दा उनी पुन लभरब्वायकै रूपमा स्थापित हुने चलचित्र पण्डितहरू विश्लेषण गर्छन् ।
यी कुरा यतै थन्क्याएर कुरा गरौं उनको फेसबकको । केही समयअघि आर्यनको फेसवुक एकाउन्टमा रहेका झन्डै ५ हजार साथीभाइ एकाएक कसरी अनफ्रेन्ड हुन पुगे भन्ने प्रसंगले धेरैलाई आश्चर्यचकित तुल्याएको छ । धेरैले भनेका छन्, मैले त्यस्तो गल्ती गरे जस्तो त लाग्दैन किन अनफ्रेण्ड गरेको होला ?
यतिसम्म कि उनले आफ्नै श्रीमती सपनालाई समेत एकाउन्टमा राखेका छैनन् ।
सधैं एक्लै बस्न रुचाउने एकलकाँटे स्वभावका अभिनेता सिग्देलले साँच्चिकै किन सबैलाई अनफ्रेन्ड गरेका होलान् ? यो कुरा भने कि उनैलाई थाहा होला कि त भगवानलाई । हामीचाहिँ यति मात्र सोधौं— जिन्दगी साँच्चिकै कोही नभएर पनि चल्छ त आर्यन ?