साप्ताहिक संवाददाता
बाटोमा कतै जादा बाइक बिग्रियो भने अब मोबाइल एप प्रयोग गरी सबै सुविधा उपभोग गर्न सकिनेछ । यसका लागि आवश्यक मर्मत, सर्भिसिङ तथा पार्ट्सका बारेमा जानकारी दिने मोबाइल एप्स ‘थर्ड ह्विल नेपाल’ उपलब्ध छ ।
आफ्नो मोबाइलमा थर्ड ह्विल्स एप्स डाउनलोड गरे दुईपांग्रे सवारी साधनमा आएका विभिन्न समस्याहरू समाधान गर्न सहयोग पुग्छ । यसका लागि उक्त एप्समा आफ्नो तथा सवारी साधनको विवरण दर्ता गर्नु पर्छ । त्यसपछि चाहिएको समयमा एउटा बटन क्लिक गरेको भरमा सबै समस्या समाधानका लागि सहयोग उपलब्ध हुन्छ । यो एप्स डाउनलोड गर्न प्लेस्टोर तथा एप स्टोरमा गएर थर्डह्विल नेपाल एप्स डाउनलोड गर्नुपर्छ ।
त्यसपछि दिइएको छोटो फारम भर्नुपर्छ । यसमा बाइक नम्बर दर्ता गरे पछि सेवा प्राप्त गर्न सकिन्छ । त्यसैगरी आधिकारिक वेबसाइट थर्डह्विल नेपाल डटकमबाट समेत यो सेवा लिन सकिन्छ ।