साप्ताहिक संवाददाता
साम्राज्ञी राज्य लक्ष्मी शाह छोटो समयमै स्थापित हुने नेपाली अभिनेत्री हुन् । रमाइलो कुरा के छ भने आजसम्म साम्राज्ञीले जे–जति चलचित्रमा अभिनय गरेकी छिन्, ती सबै चलचित्रमा उनी एक्ली अभिनेत्री छिन्, अर्थात् उनी आफू बाहेक अन्य अभिनेत्री भएका चलचित्रमा काम नै गर्दिनन् ।
उनको यो अनौपचारिक अथवा अघोषित अडान नै हो । शाहलाई मल्टि स्टारर अर्थात् धेरै जना अभिनेता–अभिनेत्री भएको चलचित्रमा काम गर्न मन लाग्दैन । त्यसैले साम्राज्ञीका पछिल्ला पाँच चलचित्रमा उनी एक मात्र अभिनेत्री छिन् ।
यही कारणले उनले दीपकराज गिरी तथा दीपाश्री निरौलाको छक्का पञ्जा २ तथा ३ मा अभिनय गर्न मानिनन् । यसअघि अभिनेत्री आँचल शर्माले पनि शत्रुगते शैलीको मल्टि स्टारर चलचित्रमा अभिनय नगर्ने घोषणा गरेकी छिन् भने अभिनेत्री वर्षा राउत पनि धेरै कलाकारहरू रहने चलचित्रबाट टाढै रहन चाहन्छिन् ।