साप्ताहिक संवाददाता
निर्देशक : एभरेस्ट सूर्य बोहरा कलाकार : दयाहाङ राई, वर्षा शिवाकोटी, सुरक्षा पन्त, विक्रान्त बस्नेत तथा बुद्धि तामाङ आदि । संगीत : वसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बराल
गत वर्ष प्रदर्शित चलचित्र कारखानापछि अभिनेत्री वर्षा सिवाकोटीले अभिनय गरेको अर्को चलचित्र भैरे करिब १ वर्षपछि आज शुक्रबार प्रदर्शनमा आएको छ । यो चलचित्रमा उनको जोडी बुद्धि तामाङसँग बाँधिएको छ भने दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ ।
चलचित्रका अभिनेता दयाहाङ राई भैरेले नेपालीपन बोकेको बताउँछन् । यो चलचित्रमा रोमान्स, प्रेम, द्वन्द्व इमोसन सबै छ । नेपालय सिनेमा इन्टरनेसनलद्वारा निर्मित चलचित्र भैरेलाई बनिष शाहले सम्पादन गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
यो चलचत्रिका गीतमा वसन्त श्रेष्ठ, रामजी लामिछाने, कविराज गहतराज आदिले कोरियोग्राफी गरेका छन् ।