साप्ताहिक संवाददाता
श्रावण ४, २०७५
निर्देशक : अनुष्क रौनियार कलाकार : अभोनराज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा, रिचा शर्मा, भोलाराज सापकोटा तथा स्मृति पोखरेल । संगीत : संगम पन्त एवं पुष्प पलान्चोके
आज शुक्रबारदेखि चलचित्र– चक्कर प्रदर्शनमा आएको छ । प्रेम, धोका तथा द्वन्द्वमा आधारित यो चलचित्रमा अर्पण थापा तथा ऋचा शर्मा प्रहरीको गेटअपमा छन् । केही समयअघि यो चलचित्रको बिहानीको किरणसँगै गीत सार्वजनिक भएको थियो, जसले राम्रै प्रतिक्रिया पाएको छ ।
यो चलचित्रलाई निर्देशक अनुष्क रौनियार स्वयंले सम्पादन गरेका हुन् । नेसनल मिडिया प्रोडक्सन तथा केटिएम आर्ट्सको ब्यानरमा निर्मित चलचित्र चक्करलाई रविन आचार्यले निर्माण तथा छायांकन गरेका हुन् ।