साप्ताहिक संवाददाता
श्रावण ४, २०७५
निर्देशक : दीपक ओली कलाकार : प्रवीन खतिवडा, भोलाराज सापकोटा, प्रमोद अग्रहरि, विजय वराल, सन्ध्या केसी तथा मरिष्का पोखरेल । संगीत : श्रीकृष्ण बम मल्ल एवं अमित श्रेष्ठ
वादीको कथामा आधारित चलचित्र पण्डित बाजेको लौरी आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र छुवाछूतमा आधारित रहेको चलचित्रका निर्देशक दीपक ओली बताउँछन् । ओलीका अनुसार यो चलचित्रले समाज सुधार्न नसके पनि समाजमा भएको यथार्थ घटनालाई भने राम्रैसँग प्रस्तुत गर्नेछ ।
चलचित्र पण्डित बाजेको लौरीलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् भने यसका कोरियोग्राफर विक्रम स्वाँर हुन् ।