साप्ताहिक संवाददाता
यो शाही परिवारका लागि खुसीको कुरा हो (फ्रन्टपेज : एकै ठाउँमा पारस र हिमानी) । पारस र हिमानी मिलेर बसेको राम्रो । आमजनतालाई पनि यसले सकारात्मक सन्देश दिनेछ ।
सुसन चाम्लिङ
नालापानी पक्कै पनि फरक र राम्रो हुनेछ भन्ने अपेक्षा छ (नालापानी सम्पादनमा) । बिर्संदै गएको इतिहासका बारेमा नयाँ पुस्ताले जानकारी पाउनु जरुरी छ ।
महेन्द्र गौतम
पहिले नै सतर्क हुनु राम्रो हुन्छ (मंगल होस् : प्रकृतिसँग आत्मसमर्पण) । सबै कुरामा सरकारको मुख ताक्नु हुँदैन । त्यस्तै खोलाको किनारमा बस्ती बसाउने, बालुवा चोरी–निकासी गर्ने जस्ता गलत क्रियाकलापमा लाग्नु हुँदैन ।
यदु कडरिया
विकट ठाउँको कथा शब्दमा उतारिदिनुभएकोमा किशोर नेपालप्रति आभार छ (यात्रा सन्दर्भ : कर्णालीको कथा) । सहरी क्षेत्र मात्र होइन, कर्णालीजस्ता विकट क्षेत्रका कथाहरू पनि मिडियामा आउनुपर्यो ।
सुदर्शन खड्का
गायिका स्वरूपा आशासँगको कुराकानी रमाइलो लाग्यो (पाँच प्रश्न : रञ्जित गजमेरसँगको सहकार्यबाट उत्साहित छु) । गजमेरसँगको सहकार्यबाट पक्कै राम्रो परिणाम आउनेछ ।
पूर्ण राना
मिस पिंक–२०१८ कि विजेता एन्जल लामाको आँटलाई सलाम छ (अन्तर्वार्ता : हामी कहिलेसम्म अविवाहित बस्ने) । समाजका लुकेर बसेका कैयांै पात्रलाई लामाको कथाले प्रेरणा दिएको छ । यसैगरी अघि बढ्नुहोला ।
सन्दिप धिमाल
विषय छनौट गर्ने क्रममा अभिभावकहरूले राम्रो सल्लाह दिनुपर्छ (शिक्षा : विषय छनौटमा सहजता) । दबाब दिएर होइन, आफ्ना सन्तानको रुचि, चाहना बुझेर मात्र विषय छनौट गर्नुपर्छ ।
किरन राई
यो एप्सका निर्माताले राम्रो काम गरेका छन् (साइन्स एन्ड टेक्नो : बाइक बिग्रिएमा थर्ड ह्विल) । समस्यामा परेका नागरिकलाई यसले ठूलो राहत दिनेछ । यो उदाहरणीय काम हो ।
दीपा राई
वर्षाको निर्णय सही हो (फटाफट : चलचित्रको कथा नपढी काम गर्दिनँ) । कलाकारले पैसाका लागि जस्तो पायो त्यस्तो भूमिका निर्वाह गर्नुहुँदैन । आफ्नो भूमिका र कथा चित्त बुझेपछि मात्र काम गर्नु उपयुक्त हुन्छ ।
अप्सरा चिमौरिया
यस्तो डिभाइस चाँडोभन्दा चाँडो नेपाल भित्र्याउनुपर्यो (साइन्स एन्ड टेक्नो : मोबाइलमा पनि एयरब्याग) । यो एयरब्याग सबैका लागी उपयोगी छ ।
चेत पुन
नेपाल संगीत तथा नाट्य राष्टिय प्रज्ञा पुरस्कार–२०७४ बाट पुरस्कृत सबैलाई बधाई एवं शुभकामना (म्युजिक अपडेट : ६ स्रष्टालाई पुरस्कार) । आ–आफ्ना ठाउँबाट राष्ट्रलाई कुनै न कुनै रूपमा योगदान दिइरहनुहोला ।
जेम्स बाबु
अमेरिकाको नेपाली जनजीवन तथा संघर्ष झल्काउने खालका चलचित्र बनाउनुपर्यो (अमेरीकामा बढ्दै नेपाली चलचित्र) । त्यहाँको दु:ख तथा संघर्षबाट नेपालका नेपालीहरूले केही सिकून् ।
राजकुमार सुनार
खेल भनेको यस्तै हो (खुसी, आँसु र दु:ख) । जित–हार त भै नै हाल्छ । यसलाई स्वभाविक रूपमा लिनुपर्छ ।
सन्ध्या कार्की, विमल घिमिरे
एउटै क्षेत्रका साथीहरूबीच वैमनस्य हुनु राम्रो होइन (रमाइलो कि नरमाइलो) । कारण जे सुकै भए पनि मिलेर अघि बढ्नु उपयुक्त हुन्छ । पूजा र सुष्माको सम्बन्ध पनि सुध्रियोस् ।
दिनेश गौतम