साप्ताहिक संवाददाता
केही वर्ष यतादेखि साउने सोमबारका दिन हरियो पहिरन लगाउने चलन बढ्दो छ । प्रकृतिसँग जोडिएर होस् वा भगवान शिवलाई मनपर्ने रंग भएकाले होस्, महिलाहरू बजार, अफिस तथा मठ मन्दिरमा हरियो सारी, कुर्ता, टप्स, वान पिस आदिमा देखिन्छन् । गर्मी मौसम भए पनि वर्षाका कारण केही शीतल नै हुने साउनमा सकभर पानीमा भिज्दा रंग नजाने, छिट्टै सुक्ने पहिरन छान्नुपर्छ ।
कतिपयले आफ्नो पहिरनमा युनिक बनाउने धुनमा विभिन्न रंग तथा फेब्रिकको पाइपिंङ, बोर्डर आदि राख्न लगाएका हुन्छन् । रंग जाने, सुक्ने जस्ता समस्याले महंगो पहिरन बिग्रने सम्भावना पनि उत्तिकै हुन्छ । मन्दिर जाने बेला सिफन वा नेटको प्लेन वा किनारामा गोल्डेन, पिंक, एल्लो बोर्डेर भएको साडी लगाउन सकिन्छ ।
यस्ता साडीसँग रंगिचंगी सेल्फ वर्क भएको नेटको ब्लाउज आकर्षक देखिन्छ, जसले फरक लुक्स दिनुका साथै लगाउन सहज पनि हुन्छ अनि गर्मी पनि हुन दिंदैन । गृहिणीहरूले साडी लगाएर मन्दिर गए पनि कामकाजीहरूका लागि टु इन वान डिजाइनको पहिरन आवश्यक हुन्छ ।
बिहान मन्दिर दर्शन गरेर सीधा काममा जानेहरूका लागि लंग ग्रिन कुर्तीमा निलेन्थ पाइन्ट, प्लाजो वा जिन्स उपयुक्त हुन्छ ।