साप्ताहिक संवाददाता
श्रावण ६, २०७५
विश्वकप फुटबलको समयमा अनौठो कसम खाएर पनि कोही चर्चामा आए । क्रोएसिया फाइनलमा पुगेपछि टिमको उत्साह बढाउन प्लेब्वाई मोडल नाइब्स सेल्सियसले यस्तै एउटा अनौठो कसम खाइन् ।
टिमका पूर्व खेलाडी डिनो ड्रापिककी पूर्वपत्नी नाइब्सले क्रोएसियाले विश्वकप जिते आफूले स्ट्रिप डान्स छोड्ने र आगामी दिनमा शरीर छोपिने पहिरन लगाउने घोषणा गरेकी थिइन् । नाइब्स आफ्नो देशमा निकै लोकप्रिय छिन् र उनी आफ्नो ग्ल्यामरस तथा बिकिनी पहिरनका कारण चर्चामा रहन्छिन् ।
उनी सधैं सकेसम्म कम कपडा प्रयोग गर्छिन् । हुन त क्रोएसियाले विश्वकप जित्न सकेन । यद्यपि यदि जितेको भए के हुन्थ्यो ? क्रोएसियालीहरू चाहिँ आफ्नो देशले जितेको हेर्न चाहन्थे र नाइब्सका ग्ल्यामरस तस्बिर पनि छोड्न चाहँदैनथे ।