साप्ताहिक संवाददाता
श्रावण ७, २०७५
एक महिना चलेको विश्वकपका क्रममा केही रूसी महिला छोटो समयकै लागि भए पनि विदेशी पाहुनाको प्रेममा फसे । रूसी मिडियालाई आधार मान्ने हो भने यस्तो छोटो समयको प्रेमका धेरै घटना घटेका छन् र त्यहाँको पुरुषप्रधान समाजले त्यसको ठूलै विरोध पनि गरेको छ ।
धेरैले केही रूसी महिला नैतिकहीन भएको आरोपसमेत लगाएका छन्, तर आफ्नो नाम नबताउने सर्तमा केही महिलाले भने यसलाई स्वभाविक मानेका छन् । उनीहरूको तर्क थियो, पुरुष पाहुना महिलाको प्रेममा फस्न सक्छ भने महिला मात्र किन सक्दैनन् ?
महिलावादीहरूले कतिसम्म भनेका छन् भने यस्तो क्षणिक माया र यौनसम्पर्क स्वभाविक अनि सामान्य हो । रूसको सामाजिक संजालतिर अहिले यही विषयलाई लिएर बहस चलिरहेको छ ।