श्रावण ७, २०७५
अधिकांश प्रतियोगिता राम्राहरूबीच नै हुन्छ । धेरै थोरै प्रतियोगिता भने कुनचाहिँ सबैभन्दा नराम्रो भन्नेमा हुन्छ । पश्चिमी समाजमा कुकुरलाई सर्वाधिक प्रिय जनावर मानिन्छ र कुकुर पाल्ने क्रममा सबै राम्रा र उन्नत नश्लकै कुकुर पाल्ने होडमा हुन्छन् ।
यो होडमा नराम्रा कुकुरहरूको हविगत हुने देखेर वार्षिक रूपमा कुरूप देखिने कुकुरहरूबीच कोचाहिँ सर्वाधिक कुरूप भन्ने प्रतियोगितासमेत हुन्छ । यो वर्षका लागि हालै आयोजित प्रतियोगितामा ९ वर्षीय बुलगड जातिको जासा–जासाले उपाधिसहित १ लाख ६० हजार रुपैयाँ जितेको छ ।