साप्ताहिक संवाददाता
साउने सोमबारको व्रत बस्न थाल्नु भएको कति भयो ?
बुझ्ने भएदेखि नै टुटाएकी छैन ।
साउनको व्रत बस्ने चलनलाई फेसन भन्नु हुन्छ कि संस्कृति ?
म त संस्कृति नै मान्छु । धार्मिक परम्परा, रितिरिवाज एवं संस्कारलाई फेसनसँग जोड्नु हुँदैन ।
साउनको सोमबारको व्रतको क्रेज किन बढेको होला ?
सामाजिक सञ्जालले गर्दा पनि होला, यद्यपि धर्ममा क्रेज बढ्नु त राम्रो कुरा हो नि, तर, देखाउनकै लागि मात्र व्रत बस्नु हुँदैन, मनैदेखि बस्नुपर्छ ।
साउनको सोमबारको व्रतलाई तीजको पूर्व तयारी भन्न सकिन्छ ?
अवश्य, साउन महिना लाग्ने बित्तिकै रातो, हरियो, पहेंलो पहिरनमा हातभरी चुरा लगाएर मेहेन्दीमा सजिँदा तीज लागेको अनुभव हुन्छ ।
साउनको सोमबारको व्रत कसरी बसिन्छ ?
बिहान नुहाएर, चोखा पहिरन लगाएर, सकेसम्म शिवको मन्दिर गएर पूजा गरेर, फलफूल मात्र खाएर अनि साँझ बत्ती बालेपछि चोखो खाएर व्रत बस्ने चलन छ ।
तस्बिर : विवेक बस्याल
पहिरन : क्यास बुटिक,
कुपण्डोल