साप्ताहिक संवाददाता
पछिल्लो समय जन्मदिनमा समाज सेवा गर्ने प्रचल बढ्दै गएको छ । आफ्नो जन्मदिनको अवसर पारेर दिनदुखीको सेवा गर्न रुचाउने थुप्रै कलाकार तथा सर्वसाधारण भेटिन्छ । गीतकार तथा सञ्चारकर्मी किस्ना आचार्य ‘रोशनी’ले पनि यसै साता मात्रै आफ्नो जन्मदिन आश्रममा मनाएकी छिन् ।
उनले आफ्नो जन्मदिनको अवसर पारेर काठमाण्डौं टोखास्थित समाजसेवी दिक्षा चापागाईंले सञ्चालन गर्दै आएको ‘पबित्र सेवा समाज नेपाल’मा खाद्यान्न हस्तान्तरण गरिन् । रोशनीले युवाहरुले उत्सब र रमाइलोको नाममा गर्ने फजुल खर्चले अभावमा रहेका नेपालीको नाममा खर्च गर्न सके बिस्तारै सस्कार परिवर्तन हुँदै जाने बताईन् । उनले आश्रममाका आमाबुवा, र साना नानीहरुको साथमा जन्मदिन मनाउन पाउँदा आनन्द मिलेको बताइन् ।
सानैबाट आफूमा सहयोगको भावना रहेको बताउँदै आचार्यले बेलाबेला सकेको सहयोग गर्दै आएको उल्लेख गरिन । उक्त आश्रममा विभिन्न उमेरका ६५ जना आश्रित छन् ।