साप्ताहिक संवाददाता
बौद्धिक हुनुपर्छ
मेरो जीवनसाथी बौद्धिक होस् भन्ने चाहना राख्छु । जीवनसाथी बौद्धिक भयो भने सम्बन्ध राम्रो हुन्छ । उसमा हरेक कुरा बुझ्न सक्ने क्षमता हुन्छ ।
सेन्स अफ ह्युमर भएको
सेन्स अफ ह्युमर भएकाहरूको पर्सनालिटी नै फरक हुन्छ । उसले जस्तोसुकै परिस्थिति सामना गर्न सक्ने क्षमता राख्छ । कुनै अप्ठेरो परिस्थितिलाई सहज बनाउन सक्छ । एक–अर्काबीचको सम्बन्धलाई सधैँ एकैखालको राख्न सक्ने क्षमता हुन्छ ।
म भन्दा अग्लो होस्
कतिपयले आफ्नो जीवनसाथी यति फिटको होस् उति फिटको होस् भनेर तोक्छन्, तर मेरो जीवनसाथी मभन्दा अग्लो होस्, फिटको चाहिँ मतलब छैन ।
गहुँगोरो वर्ण
मलाई अनुहारको वर्णले खासै असर गर्दैन, तैपनि मेरो जीवनसाथी गहुँगोरो वर्णको होस् भन्ने लाग्छ ।
पाइलट भए हुन्थ्यो
मलाई पाइलट पेसा एकदमै मन पर्छ । त्यसैले मेरो जीवनसाथी पाइलट होस् भन्ने चाहना छ । कतिपयले आफू जुन पेसामा छु आफ्नो जीवनसाथी पनि त्यहि पेसामा आबद्ध भएको होस् भन्ने चाहना राख्छन् । यद्यपि एउटै पेसामा भयो भने एक–अर्कालाई समय दिन सकिँदैन, त्यसैले फरक पेसा नै राम्रो लाग्छ ।
आत्मनिर्भर होस्
कतिपय युवा आर्थिक रूपमा परिवारमा निर्भर हुन्छन् । मेरो रोजाइमा आत्मनिर्भर पुरुष पर्छन् ।
सहयोगी भावना भएको
मेरा बुबा–ममी समाजसेवामा हुनुहुन्छ । म पनि समाजसेवामा रुचि राख्छु । कतिपय पुरुष आफ्ना बारेमा मात्र सोच्छन् तर अरूलाई पनि सहयोग गर्ने भावना भएका पुरुष मेरो रोजाइमा पर्छन् ।