श्रावण ११, २०७५
अभिनेता अजय देवगन चाणक्य बन्ने भएका छन् । अनिल अम्बानीको रिलायन्स इन्टरटेनमेन्ट तथा फ्राइडे फिल्म्सवक्र्सको कम्पनी प्लान सी स्टुडियोजले चलचित्र चाणक्यका लागि अभिनेता अजय देवगनलाई अनुवन्धित गरेको हो ।
चलचित्र चाणक्यलाई निरज पाण्डेले निर्देशन गर्ने भएका छन् । यसअघि उनले महेन्द्र सिंह धोनीको बायोपिक चलचित्र एमएस धोनीको निर्देशन गरेका थिए ।
राजनीतिक रणनीतिकार तथा अर्थशास्त्री चाणक्यको जीवन तथा शिक्षामा आधारित रहने उक्त चलचित्रका मुख्य पात्र अजयले अनुवन्धित भएसँगै भनेका छन्, ‘म चाणक्यको भूमिका निर्वाह गर्न उत्साहित छु । नीरज चाणक्यको कथालाई इमान्दारीपूर्वक देखाउन चुक्नेछैनन् ।’